सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडैंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको स्थापना गरेको छ।
शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी किन्जी साइटो र सिजि होल्डिङ्गसका प्रबन्ध निर्देशक अरुण चौधरीले उक्त सेन्टरले उद्घाटन गरेका थिए।
२३३८१.५२ स्क्वायर फिटको क्षेत्रमा फैलिएको सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् ।