नेपालमा फोसिल इन्धन गाडीको बिकल्पको रुपमा विद्युतीय र हाईब्रिड गाडीको चर्चा चलिरहेको बेलामा धेरै सवारी साधन निर्माता कम्पनीले यसमा चाख देखाएका छन्।
फलस्वरुप नेपालका सवारीसाधन आयातकर्ता कम्पनीले यस्ता गाडीहरु आयात गर्न थालेका छन्।
ती मध्य सुजुकी पनि एक हो । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले नडा अटो सोमा स्मार्ट हाईब्रिड ‘एक्सएल सिक्स’ गर्यो।
यी गाडीमा रहेको ब्याट्रीबाट पनि इन्जिन स्टार्ट हुने भएकाले इन्धन खपत न्यून गर्ने कम्पनीले जनाएको छ। इन्धन खपत कम गर्ने हुँदा वातावरणमैत्री भएको कम्पनीको दावी छ।
५ स्पिड म्यानुअल ट्रान्समिसन भएको १४६२ सिसि पेट्रोल इन्जिनको ‘एक्सएल सिक्स’ ६००० आरपिएममा ७७ किलोवार्ट पावर र ४४०० आरपिएममा १३८ एनएम टर्क जेनेरेट गर्छ। ४५ लिटर फ्युल क्यापसिटी भएको यस ‘एक्सएल सिक्स’ले १९.०१ किलो मिटर माइलेज दिने कम्पनीको दावी छ।
यसमा ६ ओटा सिट भएको कारणले ठलो परिवारको लागि पनि उपयुक्त छ। सुरक्षको लागि यसका रिभर्स पार्किङ क्यामरा र सेन्सर, डुअल एयर व्याग, एविएस विथ इबिडी र ब्रेक असिस्ट, इन्जिन इमोविलाइजर, इलेक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम विथ हिल होल्ड, सेन्ट्रल लकिङ लगाएतको फिचर्स छन्।
यसमा रहेको इन्जिन पुस स्टार्ट स्टार्ट÷स्टप विथ स्कार्ट की, अटो एसी, बोतल होल्डर, १७.८ सिएम टच स्किृन स्मार्ट प्ले स्टुडियो, भ्वाइस कमाण्ड, ब्लु तुथ कनेक्टीभिटी, लेदर सिट लगाएतको विशेषताले यसलाई उत्कृष्ट बनाएको छ।
डेल्टा र अल्फा गरी दुई भर्जनमा भर्सनमा उपलब्ध यो गाडीको मूल्य यसको मूल्य ४६ लाख ९९ हजार र ४७ लाख ९९ हजार रहेको छ।
कम्पनीले अहिले यसमा २ लाख छुटको व्यवस्था गरेको छ भने १ लाख एक्सचेज अफर दिएरहेको छ। कम्पनीले यसमा ६० हजार किलोमिटर र ४वर्ष को वारेन्टीको व्यवस्था गरेको। त्यस्तै यसको खरिदमा कम्पनीले २ वर्षको फ्रि सर्भिर्सिङको व्यवस्था गरेको छ।