आजदेखि १० चक्के र सो भन्दा ठूला मालवाहक सवारी साधन कठमाडौं छिर्न निषेध गरिएको छ।
यस्ता सवारी साधनलाई चितवनको नारायणगढ देखिनै आवागमनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
दसैंको समयमा एकैपट धेरै सवारी साधन संचालन हुने र सडक जाम हुने समस्यालाई मध्यनजर गर्दै यो निर्णय भएको विभागले जनाएको छ।
विभागले सुचना जारी गर्दै अत्यावस्यक खाद्यान्न, लत्ता कपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगाएत तत्कालै नास भएर जाने सामाग्री बाहेक अन्य सबै १० चक्के र सो भन्दा ठूलाला मालवाहक सवारी साधनलाई १९ गतेसम्मको लागि रोक लगाइएको जनाएको छ।