चिनियाँ विद्युतीय सवारी साधन निमार्ता कम्पनी बिवाइडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ‘एम ३’ नेपाली बजारमा ल्याएको छ।
पियोर प्रिमियम मल्टी प्रपोज इलेक्ट्रिक भेइकल भनिएको ‘एम ३’ लाई प्यासेन्जर कार, ट्रभल टुर होटल, कार्गो लगाएतका क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीका सिनियर म्यानेजर साहिल श्रेष्ठले जानकारी दिए।
२, ५ र ७ सिटर गरी ३ ओटा अप्सनमा आउने एम ३ मा ५०.१ किलोवाटको लिथियम आयोन पोलिमर ब्याट्री प्रयोग गरिएको जसले सिटी राइडमा ३१० किलोमिटर माइलेज दिने श्रेष्ठले जानकारी दिए।
यसको लम्बाई ४४६० मिलिमिटर, चौडाई १७२० मिलिमिट र उचाई १८७५ मिलिमिटर छ।
‘एम ३’ले १०० किलोवाट पावर र १८० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ।
१०० किलोवार्टको मोटर जडान गरिएको ‘एम ३’को खरिदमा कम्पनीले ७ किलोवाटको होम चार्जर उपलब्ध गराउछ। यसले गाडी फूल चार्ज गर्न ६ देखि ७ घण्टा लाग्ने उनले जानकारी दिए। त्यस्तै फास्ट चार्जरबाट डेढ घण्टामा फूल चार्ज हुने कम्पनीले जनाएको छ।
‘एम ३’ १०० किलोमिटर प्रतिघण्टा को उच्च गतीमा गुड्न सक्छ।
सुरक्षका लागि २ ओटा एयरब्याग, एबिएस, ३६० डिग्री पार्किङ सेन्सर लगाएतका फिचर्स भएको गाडीको डिजाइनले यसलाई प्रिमियम लुक्स दिएको श्रेष्ठको दावी छ।
यसका तिनओटै अप्सनको गाडीमा डबल स्लाइड ढोकाहरु छन्। २ सिटरको ‘एम ३’ लाई कार्गोको रुपमा प्रयोग गर्न सकिन्छ भने ७ सिटरकोमा भित्र छिर्दा कुनै पनि सिट फोल्ड गर्न पर्दैन।
साइमेक्सले यसको मूल्य ५ सिटरको ४८ लाख, ७ सिटरको ४९ लाख निर्धारण गरेको छ भने २ सिटरको मूल्य निर्धारण गरिसकेको छैन। दशैंको अवसरमा कम्पनीले यी गाडीहरुमा डेढ लाख छुट दिइरहेको छ।
कम्पनीले यसको व्याट्रीमा ८ वर्ष र अन्य स्पेयर पार्टसमा कम्पोनेन्ट हेरी ३ देखि ७ वर्षसम्म वारेन्टी प्रदान गर्ने श्रेष्ठले जानकारी दिए।
यसको न्युनतम ग्राउण्ड क्यरेन्स १७५ मिलिमिटर र एभरेज ग्राउण्ड क्यरेन्स २०५ मिलिमिटर हुने हुँदा नेपालका सामान्य डकमा समस्या नपर्ने श्रेष्ठको दावी छ।
यी गाडी चलाउदा रनिङ कस्ट सस्तो पर्ने कम्पनीको दावी छ।
‘घरमा चार्ज गर्दा प्रति युनिट १२ रुपैयाँ पैसा तिर्दा पनि प्रतिकिलोमिटर १ रुपैया ९ पैसा मात्र खर्चए हुन्छ,’ उनले सेतोपाटीसगँ भने।