नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैंको अवसरमा विभिन्न योजना ल्याएको छ।
‘पिस अफ माइनड कम्स विद् स्कोडा’ नाम दिइएको यो योजनामा स्कोडाले आफ्ना ग्राहकलाई नेपालमै पहिलो पटक चार वर्षसम्म निःशुल्क मर्मत तथा सर्भिसिङ सुविधा दिनेछ।
एमएडब्लु इन्टरप्राइजेजले पुरानो स्कोडा कारसँग एक्सचेन्ज गरी नयाँ स्कोडा कार खरिद गर्ने ग्राहककालागि लोयाल्टी बोनसका रुपमा एक लाख नगद छुट पनि दिने कम्पनीले जनाएको छ।
त्यस्तै ग्राहकले स्कोडा ¥यापिड ओनिक्स ४.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् भने स्कोडा कोडियाकको खरिदमा ग्राहकले निःशुल्क युरोप भ्रमण गर्न पाउनेछन्।
हाल नेपालमा स्कोडाको एभरग्रिन सेडान ¥यापिड, प्रिमियम सेडान सुपर्व, अक्टाभिया र लक्जरी एसयुभी कोडियाक विभिन्न भेरियन्टमा उपलब्ध छन्।
स्पेसियस, नवीनतम सुरक्षा व्यवस्था, आरामदायीफिचर, पावरफुल इन्जिन र ‘सिम्प्लीक्लेभर’ सुविधाले भरिएका कारण स्कोडाका कार र एसयुभीहरु नेपालमा चर्चित भएको कमपनीको दावी छ।