जमर्नीको प्रख्यात अटोमोवाइल कम्पनी बिएमडब्लुले २०२१ सम्म विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ।
मिडियामा प्रकाशित समाचारहरुका अनुसार कम्पनीले बिएमडब्लु आई १ बजारमा ल्याउन लागेको हो। कम्पनीले यो गाडी सुरुवाती वर्ग (इन्ट्री लेभल) लाई लक्षित गर्दै ल्याउन लागेको जानकारी दिएको छ।
अटो एक्सप्रेस यूके अनुसार कम्पनीले कम्पनीले यसका लागि तिब्र गतिमा काम गरिरहेको छ। यो गाडी पुरानो मोडलको गाडीको ह्याचब्याक हुनेछ। यसको विस्तृत जानकारी भने सार्वजनिक भैसकेको छैन।