भारतीय अटोमोबाइल्स निर्माता टाटाले टिगोर विद्युतीय गाडीको बिक्री सुरु गरेको छ। कम्पनीले भारतीय बजारमा सर्वसधारणका लागि बिक्री खुला गरेको जानकारी गराएको छ।
विद्युतीय सेडान सेग्मेन्टको यो कार तीन भेरियन्टमा उपलब्ध हुने छ एक्सइप्लस,एक्सएमप्लस र एक्सटीप्लस भेरियन्टमा यो कार सर्वसधारणले खरिद गर्नसक्ने कम्पनीले प्रष्ट पारेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो कारको मूल्य भारु ९ लाख ४४ हजार रहेको छ। टाटाले यो कार भारतका ३० सहरमा मात्र बिक्री सुरु गरेको छ।
२१.५ किलोआवरघण्टाको ब्याट्री भएको यो कारले प्रतिघण्टा २१३ किलोमिटरको यात्रा तय गर्ने बताइएको छ।
सेतो, निलो र सिल्भर कलरमा यो कार उपलब्ध गराउने कम्पनीले बताएको छ।तर नेपालमा कहिले आउछ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन।