भारतमा हुण्डाई भेन्युको लोकप्रियता बढ्दै गइरहेको छ। सार्वजनिक भएपछि भेन्यु ७५ हजार भन्दा धेरै बुकिङ भइसकेको छ।
यो कार ४२ हजार ६ सय ८१ ओटा डेलिभरी समेत भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
यो नतिजाले हुण्डाई भेन्यु आफ्नो सेगमेन्टमा नम्बर १ भइसकेको हुण्डाई मोटर इण्डियाका एक्जुकेटिभ डाइरेक्टरले बताए।
नेपालमा हुण्डाई भेन्यु गत भदौको अन्तिममा सार्वजनिक भएको हो।
नेपालमा पनि यसलाई धेरै रुचाईएको नेपालको लागि हुण्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका हेड अफ मार्केटिङ एण्ड कम्युनिकेसन आवाशिस ओझाले जानकारी दिए।
‘सवारी साधन बिक्रीमा मन्दी लागेको यो समयमा पनि भेन्युको सेल्स उत्साहजनक छ। हालसम्म हामीले २ सय भन्दा धेरै गाडी डेलिभरी गरिसकेका छौं। बुकिङ पनि उत्तिकै राम्रो छ,’उनले भने।