भारतमा वोनप्लस सेभेनटी प्रो स्मार्ट फोन लञ्च गरिएको छ।
भारतमा यो फोनको मूल्य ५३ हजार नौं सय ९९ रहेको छ। वोनप्लस सेभेनटी प्रोको ८ जिबी र्याम प्लस दुई सय ५६ जीबी स्टोरेज रहेको छ।
वोनप्लसको नयाँ फोन पाँच महिनाअघि पनि लञ्च भएको थियो। अहिले लञ्च गरिएको वोनप्लस सेभेनटी प्रो नयाँ अपग्रेड हो।
यो फोन ११ अक्टोबरमा भारतको अर्लि एक्सेस सेललगायत ८ वोटा ठाउँमा उपलबध गराइएको थियो। यो स्मार्टफोन किन्दा ग्राहकलाई छुट समेत दिइएको छ।
भारतको एचडीएफसी बैंकको कार्डमार्फत सेभेनटी प्रो किन्दा तीन हजार छुट दिइने बताइएको छ।
त्यसैगरी, आईसीआईसीआई बैंकमार्फत् लिएमा १७ हजार पचास रुपियाँ छुट दिइनेछ।
यी बैंक लगायतका अन्य बैंकको कार्डमार्फत् यो स्मार्टफोन लिएता पनि ग्राहकलाई केही रकम छुट गरिएको छ। चाडपर्वको अवसरमा पनि यो फोनमा तीस प्रतिशत छुट दिइने बताइएको छ।