नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सल फाइनान्स मेला
‘टिभिएस एक्सचेन्ज एण्ड फाइनान्स फेयर अयोजना गरेको छ।
कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुने मेलाको उद्घाटन नेपाली क्रिकेट टिमका मा पूर्व कप्तान पारस खड्काले गरेका हुन्।
यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुलाई ३० प्रतिशत डाउन पेमेन्ट, एक्स्चेञ्जमा थप १० हजार मूल्याङ्कन जस्ता अफरहरु रहेका छन्।
मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा हेलमेट, बाइक कभर र ब्याग जस्ता विभिन्न उपहारहरु पनि रहेको कम्पनीले जनाएको छ।
कम्पनीले यति खेर ग्राहकहरु माझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए।
‘यो योजनाप्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ। यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं। यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ,’ उनले भने।
ग्राहकले ‘टिभिएस दशैंको दौड’ योजना अन्तर्गत बाइक नकिन्दा नै आफूले जित्ने रकम ग्राहकले थाहापाउन सक्नेछन्। ग्राहकले १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा सय प्रतिशत नै नगद फिर्ता पाउन कम्पनीले बताएको छ।
साथमा अन्य आकर्षक उपहारहरु पनि कम्पनीले ल्याएको छ।
टिभिएसले विगत देखिनै ग्राहकहरुलाई मूल्यमा आकर्षक छुट, ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेन्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ।