जापानी अटो निमार्ता कम्पनी निशान मोटर्सको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बिजुली कार ‘निशान ‘लिफ’ नेपाल ल्याउने पक्का भएको छ।
समय निश्चित नभए पनि लिफ ल्याउने पक्का भएको शारदा ग्रुपका निर्देशक सन्दिप शारदाले जानकारी दिए।
‘जापानीहरुले हामीलाई लिफ ल्याउन अनुमती दिइसकेका छन्। अहिले हामी अरु प्रकृया पुरा गर्दै छौ,’ उनले सेतोपाटीसगँ भने ‘ समय निश्चित नभएपनि डिसेम्बर वा जनावरीमा ल्याइसक्छौ,।’
कुन अप्सनको लिफ ल्याउने निश्चय भनसकेको शारदाले जानकारी दिए।
‘नेपालीहरुले कस्तो गाडी मन पराउँछन् भनेर स्पेसिफिकेसन बनाउँदैछौ, त्यही अप्सनको गाडी ल्याउँछौं’, उनले भने।
४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री दिएको निशान लिफले फुल चार्जमा २२० किलोमिटरको इलेक्ट्रिक रेन्ज दिन्छ।
७.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको प्रफमेन्स दिने भनिएको लिफको टप स्पिड १ सय ४४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको वेवसाइडमा उल्लेख छ।
यसले १५० पिएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ।