नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुनेछ । यसका लागि सोनालिका र पेट्रोनस सहमति भएको छ। पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा ल्याएको छ।
शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले नेपालमा सार्बजिनक गरेका थिए।
सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुका साथै इन्जिनको आयु बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ।
यो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ । नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफरसमेत ल्याइएको छ । यस अन्तर्गत अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अवसर दिइने कम्पनीले जानकारी दिएको छ।
पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेका छन्।