होण्डा नेपालले बुधबार ग्वार्कोस्थित होण्डा सर्भिस ट्रेनिङ सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न गरेको छ।
क्षेत्रीयस्तरबाट सुरु गरिएको यस प्रतियोगितामा देशभरीका होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा २ प्रतियोगीहरु सागर गुरुङ र मोहनथापा मगरले नेपालको प्रतिनिधि गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियनहोण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन्।
त्यसैगरी, तेस्रो हुने होण्डा हाउस, गोरखाका टेक्निसियन नर बहादुर चौधरीले पुरस्कार स्वरुप नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।