१४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।
उत्पादन बन्द भएको १४ वर्षपछि विद्युतिय स्कुटरको रुपमा चेतकलाई रिलन्च गर्न लागिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
यो स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध हुनेछ। इको भेरियन्टको स्कुटरले ९५ किलोमिटर र स्र्पोट भेरियन्टले ८५ किलोमिटर माइलेज प्रदान गर्ने एजेन्सीले जनाएको छ। चेतक स्कुटर ६ ओटा रङ्गमा उपलब्ध हुनेछ।
बजाज चेतक इलेक्ट्रीक स्कुटर २०२० को जनावरीमा सार्वजनिक हुने बताइएको छ। यसका फिचर्स र मूल्य हालसम्म सार्वजनिक भईसकेको छैन।
बजाज अटोले १९७२मा पहिलो पटक सार्वजनिक गरेको चेतकको २००६मा उत्पादन बन्द गरेको थियो।
एजेन्सी