तपाई मोटरसाइकल वा स्कुटर किनेपछि पैसा कसरी तिर्नुहुन्छ? यसको सहज उत्तर छ चेक वा क्यास।
स्कुटरको मूल्य सिक्का पैसामा चुकायो भने गन्न कती समय लाग्ला?
भारतको मध्यप्रदेशमा एउटा त्यस्तै घटना घटेको छ। मध्यप्रदेश स्थित सतना भन्ने ठाउँका राकेश गुप्ताले होण्डा एक्टिभा बिएस६ खरिद गरे।
उनले स्कुटरको मूल्य भारतको ८३ हजार भारु ५ र १० को सिक्का दिएर चुकाएका छन्।
यो सिक्का गन्नको लागि डिलरलाई ३ घण्टा लागेको भारतीय संचार माध्यमले जनाएको छ।
गुप्ताले किन यस्तो गरे र त्यत्रो सिक्का पैसा कहाँबाट ल्याए त्यो हालसम्म खुलेको छैन।
दिपावलीको बेलामा भारतमा सवारी साधन धेरै विक्री हुन्छ। यो समयमा कुनैपनि डिलरको लागि ३ घण्टा छोटो समय होइन।