अभिनेता अनमोल केसीले करिब ७४ लाख रुपैयाँ पर्ने जीप कम्पास खरिद गरेका छन्।
लक्ष्मी पूजाका दिन अनमोलले ७३ लाख ९० हजार रुपैयाँ पर्ने स्पोर्ट प्लस भेरियन्टको जीप कम्पास खरिद गरेका हुन्।
एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट उनले सेतो रंगको जीप कम्पास डेलिभरी गरेका हुन्।
जीप ब्रान्डकै कारण जीप कम्पासलाई आफ्नो यात्राको साथीका रूपमा रोजेको केसीले बताए।
‘सुटिङको लागि म धेरै जसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहेको हुन्छु। अब मेरा सबै गन्तव्यमा जीप मेरो साथमा हुनेछ,’ उनले भने।
नेपालमा सार्वजनिक भएको एक वर्षमै जीप कम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रूपमा स्थापित गर्न सफल भएको छ।
यो अवधिमा नेपालका लागि जीपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले २ सय ५० भन्दा बढी युनिट जिप कम्पास विक्री गरिसकेको छ।
जीप कम्पासमा पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ।
डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध छ जसले अधिकतम १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको हुन्छ।
त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएचपी बराबरको अधिकतम पावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विन क्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्।
जीपकम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ । पहिलो पटक डिजेल अटोमेटिक इन्जिन लगाइएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो।
नेपालमा जीप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ।