क्रयास टेस्टमा टाटा नेक्सन उत्कृष्ट ठहरिएको छ। ग्लोबल एनक्यापले टाटा नेक्सनलाई दोस्रो पटक ५ स्टार दिएको हो। २०१७ मा एनक्यापले नेक्सनलाई ४ स्टार मात्र दिएको थियो।
टाटा मोटर्सले नेक्सनमा रहेको केही कमीलाई हटाएपछि लगातार २ वर्ष ५ स्टार पाएको छ।
नेक्सनले चाइल्ड सेफ्टीमा भने ३ स्टार मात्र पाएको छ। हालसम्म भारतमा निर्मित गाडीमध्ये नेक्सनले मात्र सेफ्टीमा ५ स्टार पाएको छ।
त्यस्तै, महिन्द्र मजारो, टोयोटा इटियोस, टाटा जेस्ट, सुजुकी मारुती भिटारा ब्रेजा र फक्सवागन पोलोले समान ४ स्टार पाएका छन्। यीमध्ये चाइल्ड सेफ्टिीमा फक्सवागन पोलोले ३ स्टार पाएको छ भने अरुले समान २ स्टार पाएका छन्।
त्यस्तै, मारुती सुजुकी आर्टिगा, फोर्ड एस्पाएर, होण्डा मोविलियो र रेनो डस्टरले समान ३ स्टार पाएका छन्।
यीमध्ये मारुती सुजुकी आर्टिगाले चाइल्ड सेफ्टीमा ३ स्टार पाएको छ भने अरुले समान २ स्टार पाएका छन्।
टप ५ सुरक्षित गाडीमध्ये ३ ओटा टाटा परेको भएपनि सबैभन्दा असुरक्षित पनि टाटा कै गाडी परेको छ।
टाटाको नानोले एउटा पनि स्टार पाउन सकेन। हाल नेपालमा टाटाको नानो कार बिक्री हुँदैन।