भारतमा निर्माण भएको कियाको पहिलो गाडी ‘सेल्टोस’ एसयुभी नेपाल आउने भएको छ।
सेल्टोस डिसेम्बरको पहिलो साता सार्वजनिक हुने कन्टिनेन्टल ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले जानकारी दिए।
‘हामीले कुन अप्सनको ल्याउने तय गरिसकेका छैन। यो हप्ता भित्र फिक्स गर्छौ,’ लामिछानेले सेतोपाटीसगँ भने।
सेल्टोसले नेपालको अटो बजारमा इतिहास कायम गर्ने उनले दावी गरे।
‘भारतमा यो सार्वजनिक भएको १० दिनमै त्यो महिनाको उच्च सेल्स भएको एसयुभीमा नाम दर्ज गरायो। चौथो महिना चल्दासम्म पनि यो नम्बर १ मै छ। नेपालमा पनि यसको सेल्स यस्तै हुन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने।
डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध यो गाडी को १८ ओटा अप्सनमा उपलब्ध छ। यो डिजेलमा १४९३ सिसी तथा पेट्रोलमा १४९७ र १३१३ सिसीमा उपलब्ध छ।