जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता आज सम्पन्न भएको छ।
यस छनौट चरण पार गर्न सफल भएका २५ जना टिभिएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउने कम्पनीले जनाएको छ।
टिभिएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए।
नेपाली बाइक राइडरहरुको रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने सपना पुरा गर्न जगदम्बा मोटर्सले यो कार्यक्रम आयोजना गरेको उनले बताए।
टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी हुन चाहनेले टिभिएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनुपर्ने व्यवस्था गरिएको थियो।
त्यस छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गर्यो। छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट २५ जनाको नाम घोषणा गरिने कमपनीले जनाएको छ।
राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता,अनुशासन आदिका आधारमा गरिनेछ।
अन्तिम चरणमा प्रवेश गरेका टिभिएस अपाचे बाइक राइडरहरुले मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाउन पाउने छन्।