भारतीय अटोबजारमा स्कोडा र्यापिड सन् २०११ मा पहिलो पटक आएको हो।
भारतका लागि यो स्कोडाको पहिलो सेडान कार थियो। यी आठ वर्षमा र्यापिडमा धेरै परिवर्तनहरु भए।
केही समयअघि र्यापिडको स्पेसियल एडिसन र्यापिड ‘ओनिक्स’ आयो। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले करिब ३ महिना अगाडि ‘ओनिक्स’ नेपालमा भित्रायो।
र्यापिड ओनिक्स आधुनिक ‘क्रिस्टलाइन’ स्वरुपमा निर्मित छ। ‘ब्ल्याक डिजाइन इलेमेन्ट’ले ओनिक्सको कठोर र गतिशिल स्वरुपलाई जोड दिने स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए।
‘स्कोडा सिग्नेचर ग्रिल’को ब्ल्याक फेसेडलाई यसको ‘क्रोम सराउन्ड’ले पूर्णता दिएको छ,’उनले भने।
यो कारमा उस्तै देखिने बोल्ट कभर, ग्लसी ब्ल्याक एक्सटेरियर मिरर, ग्लसी ब्ल्याक डेकोरसहितको १६ इन्चको क्लबर एलोई ह्विल छ।
र्यापिड ओनिक्सको आकर्षक इन्टेरियरको व्यवस्था गरिएको छ। यो कारमा ‘कन्ट्रास्टिङ डुअल टोन इबोनी स्यान्ड इन्टेरियर’ छ।
यसमा प्रयोग भएको क्रोम डेकोरले यसको ‘प्रिमियमनेस’लाई झल्काइदिन्छ।
र्यापिड ओनिक्समा ६.५ इन्चको कलर टच स्क्रिन सहितको ‘इन्फोटेन्मेन्ट सिस्टम’ छ। यसमा ‘स्मार्टलिंक टेक्नोलोजी’ जडान गरिएको छ जसले एप्पल कारप्ले या एन्ड्रोइड अटोमार्फत् स्मार्टफोनसँग जोडिन सकिन्छ।
यसमा डुअल रियर एसी भेन्टसहितको क्लाइमेट्रोनिक टेक्नोलोजी, १२ भोल्टको पावर सकेट, रियर सेन्टर कन्सोल र रियर विन्डस्क्रिन सनब्ल्यान्ड पनि छ।
साथै, उचाइ र लम्बाइ एड्जस्ट गर्न सकिने मल्टिफंक्सन स्टेरिङ ह्विल, एडस्टेबल हेडरेस्ट, फोल्डेबल आर्मरेस्ट, रिमोट कन्ट्रोलसहितको सेन्ट्रल लकिङ सिस्टम, मल्टिफंक्सन डिस्प्ले, हाइट एडजस्टेबल ड्राइभर र फ्रन्ट पेसेन्जर सिट र फ्रन्ट सिटको पछाडि ‘स्टोरेज पकेट’ समेत राखिएको छ ।
‘स्कोडाले सुरक्षालाई प्राथमिकतामा राख्दै आएको अग्रवालको दावी छ।
‘कम्पनीले सुरक्षालाई प्राथमिकतामा राखेकै कारण डुअल एयरब्याग, एबीएसलाई हरेक स्कोडा कारको न्यूनतम मापदण्ड हो,’ उनले भने ‘एलइडी डे टाइम रनिङ लाइटसहितको प्रोजेक्टर लेन्स क्वार्ज–कट हेडलाइटले सडकमा र्यापिड ओनिक्सको उपस्थितिलाई व्यापक बनाइदिन्छ।’
र्यापिड ओनिक्समा एबीएस, पाँच वटा थ्रि प्वाइन्ट सिटबेल्ट र दुई वटा एयरब्याग छन्।
इएससी (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल), एचएचसी (हिल होल्ड कन्ट्रोल) र एन्टि थेप्ट अलार्मको व्यवस्था गरिएको छ। साथै, पार्कट्रोनिक रियर पार्किङ सेन्सर, एन्टी–ग्लेर रियर भ्यु मिरर र विन्डोको लागि वान टच बाउन्स ब्याग टेक्नोलोजी समेत राखिएको छ।
नेपालमा र्यापिड ओनिक्स १.६ लिटर एपीआई अर्थात् मल्टिप्वाइन्ट इन्जेक्सन पेट्रोल इन्जिन म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
यसले १०५ पीएस पावर र १५३ एनएम टर्क जेनेरेट गर्छ। यसले प्रतिलिटर १५.४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
ओनिक्सको बुट स्पेस ४६० लिटर छ भने डोरमा बोटल होल्डर र फ्रन्ट सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र अगाडि तथा पछाडि दुवैमा कप होल्डर राखिएका छन्।
कम्पनीले ओनिक्ससहित सबै उत्पादनमा ४ वर्ष वा एक लाख किलोमिटर सम्ममा वारेन्टी दिँदै आएको छ।
कम्पनीले ओनिक्स १.६ एमपीआई एमटीको मूल्य ४८ लाख ४५ हजार निर्धारण गरेको छ। यो ‘लेपिज ब्लु’ कलरमा मात्र उपलब्ध छ।