सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले ‘एस–प्रेसो’ एसयुभी सार्वजनिक गरेको छ।
‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशतले चिल्लो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाएको कम्पनीले बताएको छ।
‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण रहेको कम्पनीको दावी छ। यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीकोस्वरुप दिएको छ।
यसको १८० मिलिमिटर हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले उसलाई उत्कृष्ट बनाएको छ।
यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदेको छ। यसमा चौडा ‘सि–सिग्नेचर टेल ल्याम्पलाई थोरै माथि सारिएको छ।
‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ।
यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ। यो सँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ।
यसकोे ‘सिटिङ लेआउट’थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’प्रत्याभुत गर्छ। समा पर्याप्त‘लेग रुम’समेत रहेको छ। ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले सहजता प्रदान गरेको छ।
यसको अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ। यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरु रहेका छ।
‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन‘एन्ड्रोइड अटो, एप्पल कार प्ले’ वा अन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ।
‘एस–प्रेसो’माबजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिने कम्पनीको दावी छ।
सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ।
‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ।
त्यस्तै यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’लगायतका सुरक्षा फिचरहरु रहेका छन्।
४ भेरियन्टमा उपलब्ध एस–प्रेसोको मूल्य कम्पनीले यसको मूल्य स्ट्यान्डार्डको २२ लाख ९९ हजार, एलएक्सआईको २३ लाख ९९ हजार, भीएक्सआईको २४ लाख ९९ हजार र भीएक्सआई प्लसको २४ लाख ९९ हजार निर्धारण गरेको छ।
यसले ५५०० आरपीएममा ५० किलोवाट पावर र ३५०० आरपीएममा ९० एनएम टर्म जेनेरेट गर्छ।
एसप्रेसो सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्की सिल्भर रङ्गमा उपलब्ध छ।