सवारीसान निर्माता फोर्डले बिजुली गाडी निर्माण गर्न कालागि २२ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ। कम्पनीले सन् २०२२ सम्म ४० प्रकारका बिजुली र हाइब्रिड गाडी निर्माणका लागि खर्च गर्ने घोषणा गरेको हो।
कम्पनीले ‘मस्टाङ’को बिजुली भर्सन भने सार्वजनिक गरेको छ। आइतबार सयुक्त राज्य अमेरिकामा सार्वजनिक गरिएको ‘मस्टाङ मच-इ' नामको उक्त एसयुभी गाडी सन् २०२१ देखि बजारमा जाने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले सन् २०२२ सम्म उच्च क्षमताका बिजुली गाडी उत्पादन गर्ने घोषणा गरेको छ।
‘मस्टाङ मच-इ' एक घण्टामा ९६ किलोमिटरसम्म कुद्नसक्ने बताइएको छ। ७५ देखि ९८ किलोवाट क्षमताको ब्याट्री भएको यो कार विभिन्न भेरियन्टमा आउने कम्पनीले जानकारी गराएको छ।
विश्वका ठूला सवारी निर्माताहरु पछिल्लो समय बिद्युतीय प्रविधिमा जोड दिइरहेका छन्।