एसएमएल इसुजुको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल प्रालिले राजधानीको गुर्जुधारामा उच्च स्तरीय सर्भिस सेन्टर संचालनमा ल्याएको छ।
१ लाख वर्गफिट क्षेत्रमा रहेको उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ। यस थ्रिएस सेन्टरमा गाडी मर्मतका लागि आधुनिक उपकरणहरु, पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था रहेको कम्पनीको दावी छ।
यस सर्भिस सेन्टर उद्घाटन गरेकै अवसरमा कम्पनीले नयाँ ग्लोवल सेरिज सम्राट जिएस ट्रक र सम्राट जिएस टिप्पर पनि सार्वजनिक गरेको छ।
इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको यी सवारी साधन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएको कम्पनीले जनाएको छ। यी ट्रक र टिपर इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो डेलिभरी उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदानगर्ने कम्पनीको दावी छ।
कम्पनीले सम्राट जिएस ट्रकको २४ लाख ९६ हजार र सम्राट जिएस टिप्परको २८ लाख ९६ हजार निर्धारण गरेको छ। लक्ष्मी कमर्सियल भेहिकल प्रालीले विभिन्न प्रकारको स्कुलबसहरु, व्यापारिक/निजीबसहरु, ट्रक र टिप्परहरु नेपाली बजारमा भित्र्याइ सकेको छ।