भारतीय मोटरसाइकल ब्रान्ड एफटेकका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। एफटेकका तीन मोडल नेपाली बजारमा भित्रिएका हुन्। टर्बो, नाइट राईडर र स्कोर्पियन मोडलका मोटरसाइकल नेपाली बजारमा आएका छन्।
नेपालका लागि एफटेक मोटलसाइकलको आधिकारिक बितरक म्याक्स भिजन लिमिटेड नेपालभर डिलरहरुको सञ्जाल विस्तार गर्ने बताएको छ।
२० लिटरको इन्धन ट्यांकी भएको मोटरसाइकलले ४५ किमी प्ततिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।
नेपाली बजारमा टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ,नाईट राईडर तथा स्कोर्पियन मोडलको ३ लाख १९ हजार ९ सय रुपैयाँ रहहेको छ।
००।– रहेको छ । तकनिकि, गुणस्तर, फिचरहरु तथा कार्यदक्षताको आधारमा यो मूल्यहरु प्रतिस्पर्धी रहनेछ भन्ने पनि हामीलाई विश्वास छ । आगामी दिनहरुमा सबैको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा राख्दछौं ।