नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवाहार तालिम दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिइएको हो।
ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए।
‘सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्छन्,’ उनले भने।
सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिइएको हो।