सिप्रदी ट्रेडिङ्ग प्रालीले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूका लागि वर्कशप संचालनमा ल्याएको छ।
उक्त वर्कशपको उद्घघाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका थिए।
कार्यक्रममा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रालीका प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो।
घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सिप्रदी र टाटा मोटर्सले उक्त स्थानको महत्व बुझेर वर्कशप खोलेको बताए।