आफू चढ्ने मोटरसाइकल र गाडीको नम्बर प्लेटमा नम्बर कसरी लेख्नुभएको छ? यातायात व्यवस्था विभागले तोकिएबमोजिम लेख्नुभएको छैन भने तपाईं कारबाहीमा पर्न सक्नुहुन्छ।
विभागले सोमबार सूचना जारी गर्दै प्रदेश नम्बरसहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ। विभागका अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको प्लेटमा ३ लाइनमा नम्बर प्लेटमा लेख्नुपर्ने छ।
यो मापदण्ड अञ्चलको नाममा दर्ता भएका सवारी साधनलाई भने लागू हुने छैन।
गत वर्ष दशैंअगाडि मोटरसाइकलको लागि बागमती अञ्चलमा ९९ अंकको नम्बर सकिएको थियो।
त्यसपछि मन्त्रिपरिषदले देश संघीयतामा गइसकेकोले अञ्चलमा अंक थप्नुको सट्टा प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।
कसरी लेख्ने त नम्बर?
विभागले नम्बर लेख्ने तरिका पनि सुझाएको छ।
अगाडिको नम्बर प्लेट (दुई लाइनमा)
प्रदेश ३-०२
००२ प ३२३६
पछाडिको नम्बर प्लेट (तीन लाइनमा)
प्रदेश ३-०२
००२ प
३२३६