पशुपती जाने अशक्त भक्तजनले बिजुली ट्याम्पुमा निशुल्क सेवा पाउने भएका छन्।
भारतीय महिला सघं, काठमाडौँले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई २ ओटा बिजुली रिक्सा हस्तान्तरण गरेको हो।
आजैबाट पार्किङदेखि दक्षिण ढोकासम्म अशक्त वृद्धवृद्धा तथा अशक्तलाई सेवा दिने कोषका सदस्य सचिव ढकालले जानकारी दिए।
‘यो क्षेत्र साधन निषेधित क्षेत्र भएकोले अशक्तहरुलाई यो सेवाले राहत पुर्याउँछ भन्ने हाम्रो अपेक्षा हो,’ उनले सेतोपाटीसगँ भने।
करिब १ वर्षदेखि कोष र लक्ष्मी बैंकको सहकार्यमा पाशुपत क्षेतमा २ ओटा बिजुली रिक्सा संचालनमा थियो। यी ४ ओटा रिक्साले दैनिक १ हजारभन्दा धेरै लाभान्वित हुने ढकालले जानकारी दिए। यस्तै पशुपती देखि गुह्यश्वरीसम्म पनि यस्ता सेवा संचालन गर्ने तयारी रहेको उनले बताए।
भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ ।