अग्नि ग्रुपले विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ विक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ।
उक्त ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्धघाटन बुधबार अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठले गरे।
उद्धघाटन समारोहमा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंकको ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवको उपस्थिति थियो।
‘विराटनगर र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।