‘टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स’का लागि विजेताहरु भारतको चेन्नाई गएका छन्।
उनीहरु आइतबार चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाउने अवसर पाएका छन्।
एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका थिए।
प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको छ।
नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको जगदम्बा मोटर्स प्रालीका उपाध्यक्ष दीपक अग्रवालले बताए।
अन्तिम चरणको लागि छनौट भएका सबै राइडरहरुलाई कम्पनीले शुभकामना व्यक्त गरेको छ।
मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो। सन् १९८९ मा उद्धघाटन गरिएको यो ट्रयाक 3.74 किमिको छ।