टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ।
नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा मंसिर १५ र १६ गते टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स आयोजना गरेको थियो।
रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगिहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएका हुन्।
नेपालका बाइक राइडरहरुले पनि अन्तर्राष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए।
गत वर्ष पनि टिभिएस मोटर्सले राईडरहरुलाई केन्द्रित गरी यस्तैै किसिमको कार्यक्रम आयोजना गरेको थियो।