हार्ले डेभिड्सनको इन्ट्री लेभल मोटरसाइकल नेपाल भित्रिएको छ।
हार्ले डेभिड्सनको नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभ्सले इन्ट्री लेभल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा ल्याएको हो।
आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो। यसअघि कम्पनीले आइरन ८८३ र फ्याट व्वाई मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।
स्ट्रीट ७५० र स्ट्रीटरड ७५० हार्ले डेभिड्सन काठमाडौंको शोरुम गैह्रीधारामा हेर्न र बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। स्ट्रीट ७५० र स्ट्रीटरड ७५० मा लिक्वीड कुल्ड २ सिलिन्डर, ४ भल्भ ७४९ सीसी इन्जिन रहेको छ।
स्ट्रीट ७५० को इन्जिनले ५९ एन एम टर्क तथा ५३ बीएच पावर जेनेरेट गर्छ। यस्तै स्ट्रीटरड ७५० को इन्जिनले ६३ एनएम टर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ।
स्ट्रीटरड ७५० को लम्बाई २१३१ एमएम, सिट हाइट ७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वील वेस १५०८ एमएम रहेको छ। स्ट्रीटरड ७५० को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६० एमएमको सिगंल डिस्क ब्रेक रहेको छ।
यस्तै स्ट्रीट ७५० को लम्बाई २२१४ एमएम, सिट हाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वील वेस १५१८ एमएम रहेको छ।स्ट्रीट ७५० को फ्रन्टमा २९२ एमएम र रियरमा २६० एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ।
यी मोटर साइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार–इन्ड मिरर, एनालग स्पीडोमिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटर जस्ता बिशेषता रहेका छन्।
नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको मूल्य २३ लाख र स्ट्रीटरड ७५० को मूल्य २७ लाख रुपैयाँ रहेको छ। यी दुबै मोटरसाइकल भारतमा बनेका हुन्।
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी