उत्पादन सुरु भएको एक शताब्दी भन्दा लामो समयपछि आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्ले डेभिड्सन मोटरसाइकल नेपाल भित्रायो।
मोटरसाइकल सौखिनहरुको लागि सपनाको मोटरसाइकल भनिएको हार्लेको यसअघि नेपालमा आइरन ८८३ र फ्याट व्वाई मोडल मात्र उपलब्ध थियआइएमई अटोमोटिभ्सले हालै मात्र हार्लेको इन्ट्री लेभल मोडल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा ल्याएको छ।
रेगुलर मोडल भन्दा झण्डै आधा सस्तो भएकोले इन्क्वायरी पनि बढ्दो क्रममा रहेको आइएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।
‘ गैह्रीधारा स्थित शोरुममा हार्लेको बाइकको अवलोकन गर्न आउनेको संख्या उल्लेख्य छ,’ उनले सेतोपाटीसगँ भने।
स्ट्रीट ७५० र स्ट्रीट रड ७५० मा लिक्वीड कुल्ड २ सिलिन्डर, ४ भल्भ ७४९ सीसी इन्जिन क्ष्मताको रहेको छ।
यी दुवै मोटरसाइकलमा ६ स्पीडको गियर बक्स जडान गरिएको। स्ट्रीट ७५० को इन्जिनले ५३ बीएच पावर र ५९ एन एम टर्क जेनेरेट गर्छ। यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३ एनएम टर्क जेनेरेट गर्छ।
स्ट्रीट ७५० को ग्राउन्ड क्लियरेन्स १४४ एमएम, ह्वील वेस १५१८ एमएम, सिट हाइट ६५२ एमएम र लम्बाई २२१४ एमएम रहेको छ।
यसको रेयरमा २६० एमएम र फ्रन्टमा २९२ एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी स्ट्रीट रड ७५० मा रियरमा २६० एमएमको सिगंल र फ्रन्टमा ३०० एमएमको डबल र डिस्क ब्रेक रहेको छ।
यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम, ह्वील वेस १५०८ एमएम, सिट हाइट ७५६ एमएम र लम्बाई २१३१ एमएम रहेको छ।
यसमा आल्मुनियम अलोय ह्वील, लो आयल इन्डिकेटर, फ्यूल वार्निङ इन्डिकेटर, डिजिटल ट्रिप मिटर, बेल्ट राइड, टियर ड्रप फ्यूल ट्याङ्क, पिलियन सिट, इन्जिन किल स्वीच, एनालग स्पीडोमिटर, बार–इन्ड मिरर, जस्ता फिचर्स समावेस छन्।
कम्पनीले यसमा २ वर्षसम्म असीमित किलोमिटरको वारेन्टी प्रदान गरेको छ।
नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको मूल्य २३ लाख र स्ट्रीटरड ७५० को मूल्य २७ लाख रुपैयाँ रहेको छ।