एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक गरेको छ।
जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टक जेनेरेट गर्छ। फुल चार्जमा ४२८ किमीसम्मको माइलेज दिने भनिएको गरिएको यस एसयुभिमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ।
कम्पनीले यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।
एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले दावी गरे। कम्पनीले यसको शुरुवाती मूल्य ४९ लाख ९९ हजार निर्धारण गरेको छ।
एमजी जेड एस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रि–बुकिङ खुलाएको थियो। जसमा नेपालमा १५० भन्दा बढि बुकिङ भइसकेको कम्पनीको दावी छ।