एमजी गाडीको विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक भएको छ।
४९ लाख ९९ हजार मूल्य निर्धारण गरिएको गाडीलाई नेपालमा पारामाउन्ट मोटर्सले ल्याएको हो।
१ सय १० किलोवाटको मोटर र ४४ किलोवार्टको ब्याट्री जडित जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क जेनेरेट गर्छ।
कम्पनीका अनुसार फुल चार्जमा गाडीले ४२८ किमीको माइलेज दिन्छ।
यस एसयुभिमा भएको लिथियम आयन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।
गाडीको खरिदमा कम्पनीले खरिदकर्तालाई २ र ७ किलोवार्ट चार्जर उपलब्ध गराउने कम्पनिका असिस्टेन्ट मार्केटिङ म्यानेजर सुनिल चौधरीले बताए।
उनकाअनुसार २ किलोवार्टको चार्जरले १२ देखि १४ र ७ किलोवार्टको चार्जरले साढे ६ घण्टामा फुल चार्ज गर्छ।
एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालको भनाई छ।
एमजी जेड एस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रि–बुकिङ खोलेको थियो। प्रि–बुकिङ खुलेयता नेपालमा १५० भन्दा बढी बुकिङ भइसकेको कम्पनीले जनाएको छ।