अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा कृष्ण प्रसाद दुलाल सहित १८ जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन्।
अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडाको नयाँ नेतृत्वको लागि मनोनयन आइतबार ११ बजेसम्म समयावधि तोकिएको थियो।
अध्यक्षसहित १९ जाना सर्वसम्मत निर्वाचित भएको नाडाका सचिव अनुप कुमार बरालले जानकारी दिए।
त्यस्तै, कार्य समिति सदस्यमा करण कुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंहानिया, राजन बाबु श्रेष्ठ, निराकर श्रेष्ठ, अबिक ज्योती, मिलन बाबु मल्ल, दिपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक निर्वाचित भएका हुन्।
त्यस्तै संस्थागत सदस्यतर्फ ध्रुवबहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषी कुमार ढकाल निर्वाचित भएका हुन्।
दुलालसँग नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेकाे अनुभव छ।