कोरियन अटोमोवाइल सवारी साधान उत्पादक कम्पनी किया मोटर्सको आधिकारिक शोरुम ललितपुरको जाउलाखेलमा संचालनमा आएको छ।
यस शोरुमबाट ग्राहकले थ्रीएस (सेल्स,सर्भिस, स्पेयर पार्ट) सहितको अत्याधुनिक सेवा सुबिधा पाउने कम्पनीले बताएको छ।
कम्पनीकाअनुसार उक्त शोरुममा कियाको नेपालमा उपलब्ध सबै मोडल र भेरियन्टका गाडी पाउनुका साथै बीक्रीपछिको सेवा पनि दिइन्छ।
करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जनाभन्दा बढी प्राविधिक तथा कर्मचारी रहेका छन्।
शोरुम उद्धघाटनसंगै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस पनि अनावरण गरिएको छ।
सेल्टोसले नेपाली ग्राहकको मन जित्ने किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले विश्वास व्यक्त गरे।
कम्पनीले सेल्टोसको मूल्य ४९ लाख ९० हजारदेखि ६६ लाख ९९ हजारसम्म निर्धारण गरेको छ।
सुरुवाति बुकिङ गर्नेलाई १ लाख ५० हजारसम्मको नगद छुटको सुविधा रहेको घिमिरेले जानकारी दिए।
‘सेल्ट्रोस हाल भारतमा सर्वाधिक बीक्रि हुने गाडीको सूचिमा चौथो नम्बरमा छ।
चाडैं नेपाल र भारत दुवै ठाँउमा सेल्टोस एक नम्बरमा आउँछ,’ उनले भने ‘सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्टिकोणले अत्याधिक राम्रो छ त्यसैले ग्राहकहरुले अवश्य रुचाउनु हुनेछ।’