टिभीएस मोटर्सको नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ।
यस रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने कम्पनीले जनाएको छ।
स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ।
यो स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध हुनेछ।
टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए।
‘हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ’उनले भने।
१२४.७९ सीसी सिंगल सिलिन्डर रहेको यो स्कुटरमा ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य २ लाख ४६ हजार ९ सय निर्धारण गरेको छ।