सवारी साधनमा ग्राहकको रोजाई फरक–फरक छ। यही रोजाइलाई सम्बोधन गर्दै सवारी साधन निमार्ता कम्पनीले एउटै मोडलको सवारी साधन पनि धेरै भेरिएन्टमा निकाल्ने गरेका छन्।
त्यस्तै २ पांग्रे सवारीसाधनले पनि एउटा मोडलको मोटरसाइकलको विभिन्न एडिसन उत्पादन गर्ने गरेका छन्।
टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ रेस एडिसन भर्खरै मात्र नेपालमा सार्वजनिक गरेको छ। यो टिभिएस एनटर्क १२५ को रेस एडिसन हो।
यो विशेषत युवा वर्गलाई लक्षित छ।
यसमा १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस पावर १०.५ एनएम टर्क दिन्छ। रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ।
त्यस्तै यसमा आकस्मिक बत्ती ‘हजार्ड ल्याम्प’ समावेस गरिएको छ।
स्कुटरमा रहेको भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ।
ग्राहकको रोजाइलाई ध्यानमा राख्दै कम्पनीले रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा बजारमा ल्याएको छ।
यसको टेल ल्याम पहिलेको झै ‘टि सेप’मा छ। यसमा मेकानिकल परिर्वतन नगरिएको कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य २ लाख ४६ हजार ९ सय निर्धारण गरेको छ।
टिभिएस एनटर्कले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको र यो रेस एडिसनले नेपाली परम्परा कायम राख्ने जगदम्बा मोर्टका प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए।
‘थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई यसले सन्तुष्ट पार्नेछ’ उनले भने।