नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आयोजना गरेको ‘हुन्डाई भेन्यु डिजिटिल अभियान’को विजेताको नाम घोषणा गरेको छ।
उक्त अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु थिए। जसमध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुको सहभागिता थियो।
विजेताहरु लक्की–ड्र बाट छानिएको हो।
स्पट भेन्यु एक खुला प्रतियोगिता थियो । जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा ंआफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाएर पोष्ट गर्नुपर्ने थियो।
लक्की ड्रमार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन्।
त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिताअन्तर्गत प्रतियोगिहरुले नेपालभरी रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए।
सबै प्रतियोगीमध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन्। बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/ चितवन/नगरकोट/ धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका हुन्।
हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा विक्री वितरण सुरु गरिएको थियो।
हुन्डाई भेन्युले हालै आयोजित आइसिओटिवाई २०२० अन्तर्गत भारतीय ‘कार अफ दि ईयर’ अवार्ड पनि प्राप्त गरेको छ। यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ।