सिप्रदी ट्रेडिङले निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ।
अटोमोवाइल विषयमा टिएसएलसी वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइलविषयमा लेबल १÷लेबल २ उत्तीर्ण गरेकाले तालिममा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।
१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकहरुले यो तालिममा समावेस हुन पाउने छन्।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुने छ। यो तालिममा उपत्यका बाहिरका नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ।
तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइने सिप्रदीले जनाएको छ।
तालिकको लागि पुस २९ गतेसम्म सप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा दरखास्त बुझाउनु पर्नेछ।