चिसो मौसममा सामान्यतया मोटरसाइकलमा र स्कुटरमा स्टार्ट नहुने र भए पनि ढिलो हुने समस्या देखिन्छ।
मोटरसाइकल स्टार्ट गर्दा १४ भाग हावा र एक भाग इन्धन इन्जिनमा गए पछि स्टार्ट हुन्छ। हावाको मात्रा धेरै भयो भने स्टार्ट हुन सक्दैन।
बिहान मौसम चिसो हुने भएको कारण धेरै हावा इन्जिनमा जान्छ र स्टार्ट हुन चाहिने इन्धन इन्जिनमा पुग्न पाउँदैन। हावा र इन्जिनको मिश्रण नमिलेपछि स्टार्ट हुदैन।
यो समस्या कार्बोरेटर इन्जिनको मोटरसाइकलमा धेरै देखिन्छ भने एफाआई इन्जिनको बाइकमा खास्सै देखिँदैन।
कार्बोरेटर इन्जिनमा हावा र इन्धनको मात्रा पहिल्यै म्यानुअल सेट गरिएको हुन्छ। एफआई इन्जिनमा सेन्सर सिस्टम हुन्छ। एफआई इञ्जिन भएको मोटरसाइकलले मौसम अनुसार मोनिटर गरेर इन्धन र हावाको मात्रा मिलाउँछ।
बिहान बाइक स्टार्ट नभएको अवस्थामा चोक तान्नु पर्छ। चोकले हावाको मात्रालाई रोकेर इन्धन धेरै जान पाउँछ र स्टार्ट हुन्छ।
त्यस्तै मोटरसाइकल स्टार्ट नहुनुमा मोटरसाइकलको कन्डिसनमा भर पर्छ। सर्भिसिङ नगरेको धेरै भएको छ भने ब्याट्री, मोबिलको कारणले स्टार्ट नहुन सक्छ।
चिसोको कारणल ब्याट्रीमा केमिकल रियाक्सन ढिलो हुन्छ र क्षमता अनुसार काम गर्न सक्दैन। शून्य डिग्रीमा ३५ देखि ६० प्रतिशत प्रर्फमेन्स घट्छ। ब्याट्री पुरानो छ भने अझ समस्या हुन्छ।
सर्भिसिङ गराउँदा ब्याट्रीको लोड जाँच गराउनु पर्छ। ब्याट्रीको क्षमता राम्रो छैन भने फेर्नु पर्ने हुन्छ।
त्यसैगरी चिसोको कारणले मोबिल बाक्लिन्छ र मोबिल पम्प गर्न गाह्रो हुन्छ। यसो हुँदा ब्याट्रीलाई अझ भार पर्छ।
मोटरसाइकल सर्भिसिङ गर्दा आफ्नो मोटरसाइकललाई कम्पनीले तोकेको ग्रेडको मोबिल कुन हो भन्ने कुरामा ध्यान दिनु पर्छ।
सबै ठिक छ भने सकेसम्म सेल्फ स्टार्ट गर्नुभन्दा पहिले किक स्टार्ट गर्नुपर्छ। यसले मोबिललाई पातलो बनाउदै लान्छ र पछि सेल्फ स्टार्ट गर्दा फरक पर्दैन।
यी सबै कुरा ठिक हुँदा पनि स्टार्टमा समस्या आइरहेको छ भने अरु भित्रि समस्या हुन सक्छ त्यसको लागि वर्कसपमै लैजानु पर्छ।
भिडिओसहित: