अग्नि ग्रुपले ढुंग्रेबास सिन्धुलीमा महिन्द्राको शोरुम स्थापना गरेको छ।
कम्पनीकाअनुसार यस क्षेत्रका लागि उक्त शोरुम कम्पनीको पूर्ण सुविधायुक्त आधिकारिक शोरुम हो।
उक्त सोरुमको उद्धघाटन कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गत आइतबार संयुक्त रुपमा संयुक्तरुपमा गरेका हुन्।
यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्रयाक्टरसहितक उत्पादनहरू उपलब्ध हुने कम्पनीले बताएको छ।
‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि छन्।
साथै युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराइने कम्पनीको दाबी छ।
कम्पनीकाअनुसार नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै नयाँ उद्यमी र कृषकले लाभ लिन विश्वास लिइएको छ।
सो अवसरमा कम्पनीले पाँच दिने निःशूल्क सर्भिस क्याम्पको पनि आयोजना गरेको छ।
गत समेबारदेखि संचालनमा रहेको क्याम्प माघ ३ गतेसम्म चल्ने भएको छ।
यो शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन्। साथै निःशूल्क श्रम खर्च (निःशूल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने भएका छन्।