नेक्सनपछि टाटाको अल्ट्रोजले क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ।
अल्ट्रोजले ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगामले गरेको क्रयास टेष्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको हो।
यसले चाइल्ड सेफ्टीमा भने ‘थ्रि स्टार’ पाएको छ।
अल्ट्रोज ‘फाइभ स्टार’ रेटिङ पाउने भारतम बनेको दोस्रो गाडी हो।
यसअघि टाटाकै नेक्सनले ‘फाइभ स्टार’ रेटिङ पाएको थियो।
टाटाको यो परिणामले अन्य कार निर्माता कम्पनीलाई पनि सुरक्षित कार उत्पादन गर्न प्रोत्साहन गर्ने ग्लोबल एनक्यापका प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले बताए।
अल्ट्रोजल जनवरी २२ मा भारतमा लन्च हुँदैछ भने टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा पनि छिट्टै सार्वजनिक गर्ने तयारी थालेको छ।