यातायात व्यवस्था कार्यालय/साना ठूला सवारी, एकान्तकुनामा गत मंसिर ५ गतेदेखि एउटा पनि ट्याक्सी सट्टा–पट्टाको लागि दर्ता भएका छैनन्।
यातायात व्यवस्था विभागले ट्याक्सीमा नयाँ मापदण्ड लगाएपछि ट्याक्सी दर्ता नभएका हुन्।
नयाँ ट्याक्सी दर्ता नखुले पनि २० वर्ष पुरानो ट्याक्सीको सट्टा–पट्टाको लागि पनि यही मापदण्ड मान्य हुने छ।
नयाँ मापदण्ड आएपछि गाडी सट्टा–पट्टा दर्ता समेत नभएको यातायात व्यवस्था कार्यालय÷सानाठूला सवारी, एकान्तकुना निमित्त कार्यालय प्रमुख यादवनाथ आचार्यले जानकारी दिए।
‘नयाँ मापदण्ड लागू भएपछि २० वर्ष पुराना गाडी सट्टा–पट्टा गर्दा पनि नयाँ मापदण्डको गाडी ल्याउनुपर्ने हुन्छ। हालसम्म नयाँ मापदण्ड अनुसारको ट्याक्सी दर्ता भएका छैनन्,’ आचार्यले सेतोपाटीसगँ भने।
नयाँ मापदण्ड अनुसार पुराना ८ सय सिसीको गाडी ट्याक्सीको लागि प्रयोग गर्न पाइने छैन।
यो मापदण्ड अनुसार ट्याक्सी न्यूनतम १२ सय सिसीको सेडान कार हुनुपर्ने, न्यूनतम ३ सिलिन्डर हुनुपर्ने छ।
त्यस्तै सेन्ट्रल लकिङ, एसी र हिटर, प्रिन्टर सहितको डिजिटल मिटर, एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हनुपर्ने मापदण्डमा उल्लेख छ।
अपग्रेटेड मापदण्ड अनुसार फोर्ड एस्पायर एम्बियन्ट, होण्डा अमेज, मारुती सुजुकी डिजायर, टाटा टिगोर, हुण्डाई एक्ससेन्ट लगायत गाडी ट्याक्सीको लागि प्रयोग हुने सक्ने सम्भावना छ।
यी मध्य मारुती सुजुकी डिजायर र हुण्डाई एक्ससेन्ट तुलनात्मक रुपमा महंगो भएकोले टाटा टिगोर र फोर्ड एस्पायर एम्बियन्ट ट्याक्सी व्यवसायीको रोजाई बन्न सक्छ।
फोर्डले आफ्नो गाडी ट्याक्सीको लागि नदिने स्पस्ट पारिसकेको छ भने टाटा भने आन्तरिक छलफलकै क्रममा छ।
टिगोरलाई ट्याक्सी प्रयोजनका लागि दिए बेस भेरिएन्ट ‘एक्सइ’ दिने सिप्रदीका एक कर्मचारीले जानकारी दिए।