विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ।
‘दाम्पत्य जीवनको शुरुवात, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारमाझ थप खुशी ल्याउने अपेक्षा राखेको छ।
यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउने बताइएको छ।
यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागू गरिएको छ। यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ।