रेनो ट्राइबर आजदेखि नेपाली बजारमा सार्वजनिक हुने भएको छ।
रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले आरएक्सइ, आरएक्सटी र आर एक्स अप्सनका ट्राइबर नेपाली बजारमा ल्याउन लागेको हो।
१.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिनको ट्राइबरले ६ हजार २ सय ५० आरपिएममा ७२ बिपिएच पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ।
फुल ट्याङ्क इन्धन क्षमता ४० लिटर रहेको ट्राइबरको माइलेज प्रतिलिटर २० किलोमिटर रहेको कम्पनीको दाबी छ। यसको ग्राउण्ड क्लेयरेन्स १८२ मिलिमिटर छ भने ८४ लिटर बुट स्पेस छ।
यसमा पावर स्टेरिङ, पावर फ्रन्ट विन्डो, एन्टी लक ब्रेकिङ सिस्टम, एयर कन्डिसनर, ड्राइभर एयरब्याग, हिटर, कि लेस इन्ट्रि, स्टार्ट स्टप बटम, कुल ग्लोभ बक्स, ४ ओटा एयर ब्याग लगायतका फिचर्स रहेका छन्।
कम्पनीले आरएक्सइको २८ लाख २० हजार, आरएक्सटीको ३१ लाख ६० हजार र आर एक्सको ३३ लाख ९९ हजार मूल्य निर्धारण गर्न लागेको श्रोतले जनाएको छ।