सुजुकीको ‘एस प्रेसो’ नेपालमा सार्वजनिक भएको एक महिना बित्यो। तुलनात्मक रुपमा कम मूल्यमा एसयुभी चढ्ने चाहानेको लागि एस प्रेसो उत्कृष्ट विकल्प हुने कम्पनीले बताएको छ।
नेपालमा एस प्रेसो हालसम्म २ सय भन्दा धेरै बुकिङ र १ सय भन्दा धेरै डेलिभरी भइसकेको सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पका सिनियर म्यानेजर करुण शाक्यले जानकारी दिए।
‘ग्राहकले यसलाई निकै मनपराउनु भएको छ। इन्क्वायरी र ड्राइभ पनि उत्साहजनक छ। सवारीसाधन बिक्रीका लागि मन्दी चलिरहेको बेलामा पनि १ महिनामै २ सय भन्दा बुकिङ भइसक्यो,’ उनले भने।
‘यसको ग्राउण्ड क्लेयरेन्स, लुक्स, माइलेज र मूल्यको कारण ग्राहकले मन पराएका छन्, उनले भने ‘यो हेर्दा सानो छ, भित्र भने स्पेसियस छ। एसयुभी मन पराउनेको लागि यो उत्कृष्ट छ।’
‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत चिल्लो स्टिल प्रयोग गरिएकोले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाएको कम्पनीको दाबी छ।
यसको १८० मिलिमिटर ‘हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ एस–प्रेसोको राम्रो पक्ष हो। ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यसलाई बोल्ड बनाएको छ।
‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ।यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ। यो सँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ।
यसको ‘सिटिङ लेआउट’थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’प्रत्याभुत गर्छ। यसमा पर्याप्त ‘लेग रुम’समेत रहेको छ। ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले सहजता प्रदान गरेको छ।
‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन‘एन्ड्रोइड अटो, एप्पल कार प्ले’ वा अन्यकुनै ‘स्मार्टप्ले स्टुडियो एप कम्पेटिबल’ छ।
यसको अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ। यसमा रहेको ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता स्टोरेजले सहजता प्रदान गर्छ।
त्यस्तै, यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन) सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’लगायतका सेफ्टी फिचर्सहरु समावेश छन्।
९ सय ९८ सिसिको एस प्रेसोले ५००० आरपिएममा ६७ बिपिएच पावर र ३५०० आरपिएम मा ९० एनएम टर्क जेनेरेट गर्छ।
४ भेरियन्टमा उपलब्ध एस–प्रेसोको मूल्य कम्पनीले यसको मूल्य स्ट्यान्डार्डको २२ लाख ९९ हजार, एलएक्सआईको २३ लाख ९९ हजार, भीएक्सआईको २४ लाख ९९ हजार र भीएक्सआई प्लसको २४ लाख ९९ हजार निर्धारण गरेको छ।