एमजी गाडीको विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक भएकाे एक महिनामा एक सयभन्दा धेरै बिक्री भएको छ।
गत मंसिरको तेस्रो साता नेपालमा सार्वजनिक भएको ‘जेडएस’ एक सयभन्दा धेरै बिक्री भएको एमजीको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सका असिस्टेन्ट मार्केटिङ म्यानेजर सुनिल चौधरीले जानकारी दिए।
‘ पहिलो लटमा ल्याएको ४० ओटा सकिएपछि ६६ ओटा ल्यायौं, त्यसमा ४/५ ओटा मात्र बाकीँ छ,’ उनले भने।
उनका अनुसार जेडएस अप्रिलसम्म १ सय ५० भन्दा धेरै बुकिङ रहेको छ। त्यसका साथै इन्क्वाएरी पनि राम्रो अाएकाे छ।
हाल नेपालमा जेडएस एउटा अप्सनमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ४९ लाख ९९ हजार मूल्य निर्धारण गरिएको छ।
१ सय १० किलोवाटको मोटर र ४४ किलोवाट ब्याट्री जडित जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क जेनेरेट गर्छ।
कम्पनीका अनुसार फुल चार्जमा गाडीले ४२८ किमीको माइलेज दिन्छ। यस एसयुभिमा भएको लिथियम आयन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ। गाडीको खरिदमा कम्पनीले खरिदकर्तालाई २ र ७ किलोवाट चार्जर उपलब्ध गराउने चौधरीले बताए।
उनका अनुसार २ किलोवाटको चार्जरले १२ देखि १४ र ७ किलोवाटको चार्जरले साढे ६ घण्टामा फुल चार्ज गर्छ।