बजाजपछि टिभिएसले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
टिभिएस मोटरले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो।
सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने उक्त स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ।
यो स्कुटर ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्ने कम्पनीले बताएको छ।
कम्पनीकाअनुसार यसमा ४.४ किलोवार्टको मोटर दिइएको छ भने ७८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्छ।
यसलाई २ ओटा राइडिङ मोड इकोनोमिक र पावरमा चलाउन सकिन्छ। कम्पनीले यसको मूल्य भारतमा १ लाख १५ हजार निर्धारण गरेको छ।
कम्पनीले २०१८ देखि ‘आइक्युव’ मा काम गरिरहेको थियो। टिभिएस २०१८ को दिल्ली अटो शोमा यस स्कुटरको प्रटोटाइप सार्वजनिक गरेको थियो।